नेपालका पुरुषभन्दा महिला टोली अब्बल



पोखरा ।

पोखरामा दुई साता अन्तर्राष्ट्रिय टेनिस चल्यो । यु–१८ स्तरको आइटिएफ वल्र्ड टेनिस टुर जे–५ को सर्किट १ र सर्किट २ सम्पन्न हुँदासम्म नेपालबाट सहभागिता जनाएका पुरुषभन्दा महिलाको टिम अब्बल देखिएको छ । सर्किट १ र २ दुवैमा नेपालका लागि महिला टोलीले मात्रै पदक दिलाउन सफल भए ।

नेपालबाट पुरुष र महिला गरी सर्किट २ मा कुल २९ खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपालसहित विश्वका ११ राष्ट्रका ८८ खेलाडीको सहभागिता रहेको थियो । महिलातर्फको एकल प्रतिस्पर्धामा स्वर्ण र रजत नेपालले हात पा¥यो । पहिलो सर्किटमा पनि नेपाललाई महिला टोलीले नै पदक दिलाएका थिए ।

पहिलो सर्किटमा महिला एकलतर्फ सलोनी तामाङले स्वर्ण जितेकी थिइन् भने सामूहगततर्फ पनि सलोनी र अभिलाषाको जोडीले स्वर्ण दिलाएका थिए । सर्किट १ मा विभिन्न १० राष्ट्रका १ सय १९ खेलाडीको सहभागिता रहेको थियो ।

दोस्रो सर्किटमा पनि सलोनिले नै नेपालका लागि स्वर्ण दिलाइन् । उनले नेपालकै श्रवणी श्रेष्ठलाई २–१ को सेटमा हराँदै स्वर्ण जितेकी हुन् । सलोनीले ६–४, ४–६ र ६–१ को सेटमा हराउँदै स्वर्ण जित्न सफल भइन् ।

महिलातर्फको सामूहिक र पुरुषतर्फको एकल र सामूहिकमा भने नेपाल पुग्न सकेन् । महिलातर्फको सामूहिकमा भारतले स्वर्ण र रजत हात पा¥यो । भारतकी नियाती कुक्रेती र हान्ना नागपालको जोडीले स्वर्ण तथा रिया दुगर र तनुश्री पाण्डेको जोडिले रजत पदक हात परिन् ।

पुरुषतर्फको एकलमा स्विडेनका इमाइलो जियोलोस्कीले स्वर्ण पदक जित्दा हङ्गेरीका लोरन्ट ग्योरीले रजत हात पारे । उता समूहगततर्फ भने भारतरका कविर चावरिया र दकस प्रसादको जोडीले अमेरिकाका मेथ्रि ब्राटो र सिद्धार्थ लामाको जोडीलाई फाइनलमा हराउँदै स्वर्ण जिते ।

प्रतिक्रिया दिनुहोस्