आयोजक बालाजुलाई उपाधि



काठमाडौं ।

आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ ले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । समग्रमा टिम च्याम्पियन बनेको बालाजु ‘बी’ ले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।

दीलिप स्मृति तेक्वान्दो डोजाङले ३ स्वर्ण, ४ रजत र १२ कांस्य जित्दै दोस्रो भयो । तेस्रो स्थानमा चित्त बुझाएको आयोजक बालाजु ‘ए’ ले ३ स्वर्ण, १ रजत र १२ कांस्य हात पार्यो ।

बालाजुस्थित तरुण माविमा भएको प्रतियोगिताको पुरुषमा आयोजक बालाजु ‘बी’ का सुजन लामा तथा महिलामा द गुर्खाकी प्रिस्का मगर उत्कृष्ट खेलाडी घोषित भए । सो अवसरमा तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पुर्याएवापत काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा विभिन्न १६ स्पर्धामा १ सय ४० खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्