नाडा अध्यक्षमा थापा विजयी



न्युज अफ नेपाल, काठमाडौं ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । उनले प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पराजित गरेका हुन् । थापाले १ हजार ४१३ मत प्राप्त गरेर विजयी हुँदा पराजित चौधरीले १ हजार ३४७ मत मात्र प्राप्त गरेका छन् ।

सदस्यतर्फ चौधरीको प्यानलका १२ जना र थापा प्यानलबाट ५ जना विजयी भएका छन् । अनुपकुमार बराल, मिलनबाबु मल्ल, राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती र सुनिल रिजाल विजयी भएका छन् ।

त्यसैगरी सोही प्यानलबाट प्रकाश कपुरी, बिक्रम सिंघानिया, गोपाल भट्टराई र अभिक ज्योति विजयी भएका छन् । त्यस्तै वरदान बस्नेत, निलमणि पाठक र पंकज अग्रवाल पनि विजयी भएका छन् । थापाको प्यानलबाट यमुना श्रेष्ठ, निराकर श्रेष्ठ, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र आकाश गोल्छा विजयी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्