थपलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर



काठमाडौं ।

अर्थ मन्त्रालयको शाखा अधिकृत पदमा कार्यरत रहँदा १ करोड ६४ लाख ८९ हजारभन्दा बढी भ्रष्टाचार गरी अकुत सम्पति कमाएको अभियोगमा उद्धवप्रसाद थपलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेको छ ।

हाल अवकाश प्राप्त थपलियाले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्त थपलियाको नाममा बैंक तथा जग्गामा लगानी गरेको पाइएकाले कारबाही अगाडि बढाएको आयोगले जनाएको छ ।

२०४० सालदेखि २०७५ सालसम्म उनले कमाएको सम्पत्तिको लेखाजोखा गर्दा सो रकम स्रोत नखुलेकाले उक्त रकम गैरकानुनी रूपमा आर्जन गरिएको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेकोले थपलियालाई विगो १ करोड ६४ लाख ८९ हजार ७ सय रुपियाँ पच्चीस पैसा कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजायका लागि अदालतसमक्ष दायर गरेको मुद्दामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्