सदस्य–सचिवलाई बक्सिङको बधाइ



काठमाडौं ।  

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङलाई नेपाल बक्सिङ संघले मंगलबार बधाइ दिएको छ । त्रिपुरेश्वरस्थित सदस्य–सचिव घिसिङको कार्यकक्षमा भेटी बक्सिङ संघका पदाधिकारीले बधाइ दिएको हो ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङका वरिष्ठ उपाध्यक्ष समेत रहेका राखेपका पूर्व सदस्य अर्जुनबहादुर केसी, प्रमुख प्रशिक्षक प्रकाश थापा मगरलगायतले सदस्य–सचिव घिसिङलाई कार्यकाल सफलतका लागि शुभकामना दिँदै बधाइ दिए । सो अवसरमा अध्यक्ष अवालेले सदस्य–सचिव घिसिङलाई बधाइ पत्र पनि प्रदान गरेका थिए ।

अध्यक्ष अवालले, प्रवक्ता श्याम अवालेलगायतले बक्सिङले हासिल गरेको उपलब्धि, अन्तर्राष्ट्रिय सहभागिता, घरेलु गतिविधि, प्रशिक्षणको अवस्था, प्रशिक्षणस्थल, भावी कार्यक्रमलगायतका विषयमा जानकारी गराएका थिए ।सदस्य–सचिव घिसिङले ट्रेनिङ हल उपलब्ध गराउने विषयमा तत्काल बुझेर प्रक्रिया अगाडि बढाउने बताउँदै बाँकीको हकमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्