रनिङसिल्ड भलिबल मंसिर १६ गतेबाट



हेटौंडा, (नेस) । 

१९ औं संस्करणको ‘लक्ष्मीमाया बज्राचार्य स्मृति मकवानपुर जिल्लास्तरीय खुला रनिङसिल्ड भलिबल प्रतियोगिता’ मंसिर १६ गतेबाट हुने भएको छ । आयोजक बसामाडी जेसिजले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता १९ गतेसम्म हेटौंडा–१७, हटियास्थित नेपालचौरमा हुने जानकारी गराइएको छ ।

स्वर्ण भण्डार हेटौंडाका सञ्चालक ज्योतिरत्न बज्राचार्यले प्रायोजन गर्ने प्रतियोगिता विजेताले ६५ हजार र उपविजेताले ३० हजार रुपिया“सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको बसामाडी जेसिजका अध्यक्ष गौतम केसीले जानकारी दिए । प्रतियोगितामा जिल्लाका १२ देखि १६ टिमको सहभागिता रहने अनुमान छ । प्रतियोगिताको १८ औं संस्करण हेटौंडा–१२ ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्