लुम्बिनीबाट जनमतको ‘माटी यात्रा’ सुरु



यमलाल भुसाल, बुटवल।

सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले समग्र नेपालको एकताको सन्देश दिने गरी बुद्ध जन्मस्थल लुम्बिनीबाट जनमत माटी यात्रा सुरु गरेको छ । पूर्व मेची देखी पश्चिमको महाकाली सम्म रहेका करिब प्रत्येक स्थानीय तहमा पुग्ने लक्ष्य सहित जनमत माटी यात्रा सुरु गरिएको जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले जानकारी दिर्नु भयो ।

यात्रा गौतम बुद्धको जन्मस्थल पवित्र भूमि लुम्बिनीबाट सुरु गरिएको छ । जनमत पार्टीका केन्द्रीय सचिव एवम् रुपन्देही जिल्ला समितिले लुम्बिनीको माटो राउतलाई हस्तान्तरण गर्दै यात्रा अभियानको सुरुवात गरेको हो ।

लुम्बिनीमा पत्रकारहरूसित संक्षिप्त कुरा गर्दै डा.राउतले अभियानको मूख्य उद्देश्य भनेको हरेक स्थानीय तहको गाउँ घर सम्म पुगी त्यहाँको माटो सङ्कलन गर्ने र अन्तिममा एउटा उद्यान बनाउनका लागी प्रयोग गरिने रहेको बताउनु भयो ।

उहाँले उद्यानमा माटो सङ्कलन गरिएको स्थानीय तहको विशेष परिचय खुल्ने जानकारी सहितको एकता उद्यान बनाउने लक्ष्य राखी लुम्बिनीबाट यस अभियानको सुरुवात गरिएको बताउनु भयो । उद्यान बनाउने लक्ष्य राखिएको भए पनि उद्यान कहाँ बनाउने भन्ने विषयमा अहिले नै टुङ्गो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्