मेयर कप जित कुन्डो आजदेखि



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल जित कुन्डो मार्सल आर्ट संघको आयोजनामा दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १५ जिल्ला, एपीएफ र भारतबाट १ सयभन्दा बढी खेलाडीको सहभागिता रहनेछन् ।

पुरुषमा ९ र महिलामा २ गरी ११ स्पर्धामा खेल हुनेछ । प्रत्येक स्पर्धामा नगद पुरस्कार राखिएको आयोजकले जानकारी गराए । स्वर्ण विजेताले २५ हजार, रजतले १० हजार र काँस्यले ५ हजार नगद पुरस्कार पाउनेछन् । टोखा नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेलहरू धापासीस्थित श्री समाज भवनको प्रांगणमा हुनेछ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्