नेपाल हङकङसँग स्तब्ध



काठमाडौं  । 

आईसीसी महिला टी २० विश्वकपअन्तर्गत एशिया क्षेत्र छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाललाई हङकङले ६ विकेटले हराएपछि स्तब्ध हुनुप-यो ।

जितको लागि नेपाले १ सय ५ रन तेस्र्याएको थियो । जवाफमा हङकङले ४ विकेट गुमाएर १८ ओभरमै लक्ष्य प्राप्त गरेको थियो । टिमको जितमा ओपनर मारिको हिलले नटआउट रहँदै ४४ रन बनाएकी थिइन् । नेपालको तर्फबाट कविता कुँवर, सीता रानामगर र शबनम राईले १–१ विकेट लिए ।

यसअघि नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४ रनको योगफल बनाएको थियो । नेपालको लागि सीता रानामगरले सर्वाधिक ४० रन योगदान गरिन् । नटआउट रहेकी सीताले ४ चौका प्रहार गरेकी थिइन् । अन्यमा इन्दु बर्माले ३ चौकाको सहयोगमा ३१ रन बनाएकी थिइन् । कविता कुवर (०), काजल श्रेष्ठ (४ रन) आउट भएपछि इन्दु र सीताले तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानसँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्