बक्सिङमा सेनाका खेलाडीको सानदार प्रदर्शन



काठमाडौं । 

नेपाल बक्सिङ संघको आयोजनामा हालै सम्पन्न ‘प्रकाश दाहाल स्मृति दोस्रो महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता’ मा नेपाली सेनाका खेलाडीले सानदार प्रदर्शन गरेका छन् ।

त्रिभुवन आर्मी क्लबका पुरुष खेलाडीतर्फ ८ स्वर्ण, ४ रजत र ३ कांस्य पदक जित्यो भने महिला खेलाडीतर्फ ४ स्वर्ण, ४ रजत र २ कांस्य पदक जित्यो । त्रिभुवन आर्मी दुवै विधातर्फ टिम च्याम्पियनसमेत भएका छन् । पुरुषतर्फ सुशील थापा, प्रेम चौधरी, दानबहादुर दर्लामी, दीपेश लामा, महेन्द्र केसी, अर्जुन सिंगु, गणेश प्रधान, आशिष दुवाडी तथा महिलातर्फ ललिता श्रेष्ठ, मिनु गुरुङ, चन्द्रकला थापा र पुनम रावलले स्वर्ण जितेका हुन् ।

यस्तै, रजत जित्ने खेलाडीमा पुरुषतर्फ सुभाष तामाङ, डोलबहादुर चौधरी, कृष्णराज शाही र मोहनराज जोशी तथा महिलातर्फ विमला श्रेष्ठ, निरु गुरुङ, संगीता दंगाल र सविना श्रेष्ठ हुन् ।यसैगरी, कांस्य जित्ने खेलाडीमा पुरुषतर्फ सुदीप श्रेष्ठ, पविन चौधरी र श्याम खड्का तथा महिलातर्फ आरती तामाङ र भीमाकुमारी कटवाल हुन् । स्वर्ण जित्ने खेलाडीले समान ५ सय युरो, रजत जित्ने खेलाडीले समान ३ सय युरो र कांस्य जित्ने खेलाडीले समान २ सय युरो प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्