भक्तपुरमा ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व

देउवा पक्षका दुई र देउवा ईतर पक्षका दुई सभापति सहितको प्यानल बिजयी



पुष्कर बुढाथोकी भक्तपुर ।

सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भक्तपुरमा शनिबार सम्पन्न प्रदेशसभाका चारै निर्वाचन क्षेत्रमा चयन भएको नयाँ नेतृत्व अनुसार जिल्ला सभापति दुर्लभ थापा समूहले दुई र थापा इत्तर समूहले दुई स्थानमा प्यानलै जित हासिल गरेका छन् ।

प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश समितिका लागि भएको निर्वाचनको गए राति अबेर सम्पन्न मतगणनाबाट भक्तपुरप्रदेश निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क(सुर्यबिनायक नगर क्षेत्र मा प्रदीप कार्की सभापतिमा निर्वाचित हुनुभएको छ । त्यसैगरी २ ख मध्यपुर थिमि नगर क्षेत्र मा सभापतिमा ओमप्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

निर्वाचन क्षेत्र नंं. १ प्रदेश सभा क चाँगुनारायण नगर क्षेत्रमा सभापतिमा जयन्द्र खड्का तथा ख भक्तपुर नगर क्षेत्रको सभापतिमा शिव अवाल निर्वाचित भएका छन् । प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई दुई जना निर्वाचित भएका छन् ।भक्तपुरका चार प्रदेश निर्वाचन क्षेत्रमा प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।निर्वाचन क्षेत्र नंं. १ प्रदेश सभा क को उप सभापतिमा दिनेश अवाल र रमेश केसी लामिछाने विजयी भएका छन् ।

सचिवमा रोशन तिमिल्सिना र शिवहरि थापा, सहसचिवमा संजिव पुरी र सरिता थापा निर्वाचित भएको काँग्रेस भक्तपुरले जनाएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश सभा खमा उप सभापतिमा राम कुमार फाँजु र गणेशलाल मुनकर्मी, सचिवमा भक्ति अवाल र रुमन श्रेष्ठ तथा सहसचिवमा सृजना नागा र झम्केश्वर गणेजु निर्वाचित भएका छन् ।निर्वाचन क्षेत्र २ क प्रदेश निर्वाचन क्षेत्रमा उपसभापतिमा शशिकुमार न्यौपाने र भगवान खत्री निर्वाचित भएका छन् । सचिवमा राजाराम थापा र सुशीला ढुंगेल र सहसचिवमा दीप गिरी र रीता खत्री (कार्की) निर्वाचित भएका काँग्रेस भक्तपुरले जानकारी दिएको छ ।

निर्वाचन क्षेत्र २ नं.ख प्रदेश सभामा उपसभापतिमा बच्चु कैलाश बुढाथोकी र राजेन्द्र चक्रधर निर्वाचित भएका छन् । सचिवमा प्रेमबहादुर कुट र बालकृष्ण श्रेष्ठ, सहसचिवमा शैलेश श्रेष्ठ र निराकार श्रेष्ठ निर्वाचित भएका छन् ।जिल्लामा पार्टी सभाति शेरबहादुर देउवा पक्षका दुई अर्थात निर्वाचन क्षेत्र नम्बर २ क र निर्वाचन क्षेत्र नंं. १ प्रदेश सभा क मा प्यानल बिजयी भएका छन् भने अन्य दुई क्षेत्रमा एण्टी देउवा प्यानल बिजयी भएका छन् ।जिल्लामा पार्टी सभापति दुर्लभ थापा तथा प्रदेशमन्त्री कृष्णलाल भँडेल पक्षको एक समूह र त्यसको विरुद्ध नेताहरू गणेशमान चक्रधर, अष्ट कवे, महेश श्रेष्ठ, कविर राणा र विनोद कायस्थ,उद्धब सिलवाल लगायतको संयुक्त समुह स्थानीय तह निर्वाचनदेखि नै बन्दै आएको छ ।

यस अघि भक्तपुरका चार वटै स्थानीय तहमध्ये जिल्ला सभापति दुर्लभ थापा समूहले दुई र थापा इत्तर समूहले दुई स्थानमा प्यानलै जित हासिल गरेका थिए ।जिल्ला सभापति थापा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा निकटका हुन् भने थापा इत्तर समूहमा कांग्रेस संस्थापनपक्ष देउवा इत्तर समूहका नेताहरु कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र कोइराला परिवार निकट नेताहरु छन् । यो समूहमा विगतमा देउवा निकट रहेका गणेशमान चक्रधरको समूह समेत सम्मिलित छ ।यसरी हेर्दा यही समिकरण कायम रहे पार्टीको २ संघीय निर्वाचन क्षेत्रीय समिति,जिल्ला समिति,महाधिबेशन प्रतिनिधि र महासमिति सदस्य चयनसम्मै दुई समुहबीच कडा टक्कर हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्