मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु



पुष्कर बुढाथोकी , भक्तपुर।

अरनिको राजमार्गअन्तर्गत भक्तपुर सुर्यविनायकमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे जिल्लाको रोशी गाउँपालिका–३ स्थायी घर भई काठमाडौं कलंकीमा बस्दै आएका २२ वर्षीय मिलन तामाङ रहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक अगि टिपरलाई ओभरटेक गर्ने क्रममा सडकको डिभाइडरसँग ठक्कर खाएर टिपरको पछाडि चक्कामा परेपछि मोटरसाइकल चालक तामाङ गम्भीर घाइते भएका थिए ।बागमती प्रदेश ०२–०३० प ०१६८ नं को मोटर साइकलले सँगै सोही रुटमा जाँदै गरेको प्रदेश नं३–०१–००३ क ७८५१ नं को टिपरलाई दाहिने साईडबाट ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो ।

उनको भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले जानकारी दिनुभयो । प्रहरीका अनुसार रातिको समयमा सडकको अवस्था नहेरी असावधानीपूर्वक सवारी साधन चलाउँदा दुर्घटना भई तामाङको मृत्यु भएको हो ।

दुवै सवारी साधन र टिपर चालक काभ्रे मण्डनदेउपुर १० घर भई हाल काठमाडौं चाबहिल बस्ने वर्ष २८ को सोम बहादुर लामालाई महानगरीय प्रहरी वृत जगातीमा राखि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्