पञ्चशीलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण 



 न्युज अफ नेपाल, ललितपुर । 

ललितपुर स्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्य सेवा केन्द्र सूर्यविनायक भक्तपुरको संयोजनमा स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । संस्थाले भक्तपुर आदर्श भेलुखेल स्थित शारीरिक अशक्तता भएका बालबालिकाहरूको हेरचाह गर्दै आइरहेको सत्प्रयास नेपाल संस्थालाई आधुनिक फिजियोथेरापी मेसिन,खाद्यान्न र  लगायत स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

संस्थाका कार्यकारी प्रमुख राजु खतिवडाले सत्प्रयास नेपालका प्रमुख  रजनी केसी मानन्धरलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अपाङगता भएका व्यक्तिको हेरचाहमा महत्त्वपूर्ण योगदान दिएको संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको सहकारी संस्थाका अध्यक्ष अशोक बज्राचार्यले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रमको बारेमा  जानकारी गराउँदै सचिव घनश्याम धमलाले संस्थाले यस्तो कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताउनुभयो । कार्यक्रममा   कोषाध्यक्ष राम प्रसाद गिरी लगायतका पदाधिकारी र सदस्य सुविधा केन्द्र सूर्यविनायकका कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्