चीनकी टेनिस स्टार यौन उत्पीडनमा



लन्डन, (एजेन्सी)
चीनकी टेनिस स्टार पेंग शुआईले केही समयअघि चीनका राष्ट्रपति सी जिनपिङको सरकारका एक ठूला अधिकारीमाथि यौनहिंसाको आरोप लगाएकी थिइन् । अहिले चीनको सरकारले उनको आवाज दबाउन कोशिस गरिरहेको मिडियामा चर्चा चलेको छ । उनलाई आरोप गलत रहेको भनेर जबर्जस्ती बयान दिन लगाएको मिडियामा चर्चा चलेको हो ।

महिला टेनिस महासंघ (डब्ल्यूटीए) का प्रमुख स्टिभ सिमोनले बताए कि उक्त बयान पेंग सुआईले नै दिएकोमा शंका रहेको छ । यो बयान एक इमेलमार्फत सामुन्ने आएको हो । पेंग अहिले गायब छिन् भन्ने डब्ल्यूटीए प्रमुखको दाबी छ । चीनको सरकारी प्रसारक सीजीटीएनले पेंगले लेखेकी भनिएको उक्त इमेल जारी गरेको थियो । मेलको रूपमा लेखिएको उक्त पत्रमा दावा गरिएको छ कि पेंग बेपत्ता या असुरक्षित छैनन् । मेलमा भनिएको छ कि उनी अहिले घरमै आराम गरिरहेकी छन् र सबै कुरा ठीक छ ।तर, डब्ल्यूटीए प्रमुखले यो बयान पेंगले लेखेकोमा शंका गरेको छ । उनी यो बयान पेंगले लेखेकी मान्न तयार छैनन् । उनले यो पेंगले लगाएको आरोपमाथि पूरै अनुसन्धान गर्नु पर्ने बताएका छन् । उनले महिलाको आवाजलाई सुन्नै पर्ने र सम्मान गर्नुपर्ने तथा यसमा कसैले आवाज दबाउन नपाउने बताए ।

पेंगले यसै महिना सामाजिक सञ्जालमार्फत् एक पोस्टमा लेखिएको थियो कि पूर्व उप प्रधानमन्त्री झेंग गाओलीले लगातार अस्वीकार गर्नु बाबजुद उनीसँग यौन सम्बन्ध बनाएका थिए । पछि सरकारद्वारा यो पोस्टलाई सामाजिक सञ्जालबाट हटाइएको पनि जनाएको छ । साथै, चिनियाँ मिडियामा पनि यो खबरलाई दबाएको पनि सरकारमाथि आरोप लागेको छ ।पेंगले यस्तो लेखेकी थिइन्—पूर्व उप–प्रधानमन्त्री र सत्ताधारी कम्युनिस्ट पार्टीका सदस्य झेंग गाओलीले तीन वर्षअघि लगातार अस्वीकार गरे पनि मलाई यौन सम्बन्ध राख्नको लागि बाध्य तुल्याए । यो घटनाको दौरानमा उनकी श्रीमती ढोकामा पहरा दिइरहेकी थिइन । सात वर्षअघि पनि उनले मसँग यस्तै गरेका थिए ।

यो पोस्ट गरेको केही दिनपछि पेंग गायब भएकी छन् । जापानी टेनिस स्टार नाओमी ओसाकाले पनि बताइन् कि उनी साथी खेलाडी पेंग सुआईको बारे सुनेर स्तब्ध भइन् । उनले ट्विटरमा लेखेकी थिइन—‘मलाई थाहा छैन कि तपाईंको दृष्टि खबरमा छ कि छैन, तर हाल मलाई एक साथी खेलाडीबारे जानकारी भयो । जसले यौन उत्पीदनको बारे खुलासा गरेर गायब भइन । आवाजलाई दबाउने कुनै पनि मूल्यमा सही होइन ।

३५ वर्षीया पेंग चिनकी सफल टेनिस महिला खेलाडी हुन् । उनले डबल्सतर्फ दुई वटा ग्रान्डस्लाम उपाधि जितेकी छन् । उनले ताइवानकी हसीह सु वेईसँग जोडी बनाएर खेलेकी थिइन् । उक्त जोडीले २०१३ मा विम्बल्डन र २०१४ मा फ्रेन्च ओपनतर्फ वोमेन्स डबल्समा उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्