आयुष र सक्षमलाई स्वर्ण



काठमाडौं, (नेस)  । 

नेपालका आयुषमान हजुर घले र सक्षमविक्रम शाहको जोडीले काठमाडौं-एसियन यु–१४ -याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को ब्वाइज डबल्समा बिहीबार स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा आयुष र सक्षमको जोडीले नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठको जोडीलाई ६–४, ४–६ र १०–६ को सेटमा पराजित गरे ।नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा नेपालकी प्रशंसा मोक्तानले नेपालकी इभा अधिकारीलाई ६–१ र ६–१ को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरिन् । फाइनलमा प्रशंसाको भेट सुनिरा थापासँग हुनेछ । सुनिराले बुधबार नै फाइनलमा स्थान पक्का गरेकी थिइन् ।

ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबु र नेपालका सक्षमले फाइनल भिडन्त निश्चित गरे । सिद्धार्थले नेपालका दर्शिल श्रेष्ठलाई ३–६, ६–१ र ७–५ तथा सक्षमले नेपालका आयुषमानलाई ४–६, ६–३ र ६–४ को सेटमा पाखा लगाए । ब्वाइज र गल्र्स सिंगल्सको फाइनल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्