निश्चललाई सफलता



काठमाडौं, (नेस) । 

नेपालका निश्चल कायश्थले काठमाडौं- एसियन यु–१४ -याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा मंगलबार सफलता पाएका छन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा निश्चलले नेपालका निशाद जोशीलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे । सो स्पर्धामा नेपालका आयुष्मान हजुर घलेले नेपालका श्लोककेशर खड्कालाई ६–० र ६–१, नेपालका दर्शिल श्रेष्ठले नेपालका आद्रित नेपाललाई ६–० र ६–१ तथा भारतका अमिर मुहम्मद मजारीले नेपालका श्रृजन भट्टराईलाई ६–० र ६–१ को सीधा सेटमा हराए ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा नेपालकी इभा अधिकारीले नेपालकी प्राज्ना मानन्धरलाई ६–२ र ६–३, नेपालकी प्रशंसा मोक्तानले नेपालकी जेनी खड्कालाई ६–० र ६–०, नेपालका शिभाली गुरुङले नेपालका कृषा अधिकारीलाई ६–४ र ६–३ तथा नेपालकी सुनिरा थापाले नेपालकी आध्या पौडेललाई ६–२, ४–६ र ६–२ को सेटमा पाखा लगाए ।

प्रतिक्रिया दिनुहोस्