अन्तर्राष्ट्रिय जुनियर कराते शुक्रबारदेखि



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालबाट ४ सय, भारतबाट १ सय १० र बंगलादेशबाट १० गरी जम्मा ५ सय २० खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् । पुरुष/महिलामा समान १०–१० गरी २० स्पर्धामा खेल हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्