सुबानलाई स्वर्ण



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालका सुबान गुरुङले विश्व कोरियन एम्बासडर अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।

सुबानले ११ वर्षमुनि उमेरसमूहको पुरुष एकल पुम्सेमा स्वर्ण जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । त्यस्तै, १८–३५ वर्षको एकल पुम्सेतर्फ पुरुषमा कमल श्रेष्ठले रजत तथा महिलामा पार्वती गुरुङले काँस्य जिते । दुवै १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।

पुरुष ३६–५० वर्षको एकल पुम्सेमा मधुसुदन सापकोटा तथा महिला ११ वर्षमुनि एकल पुम्सेमा गुनमाया गुरुङले काँस्य हात पारे । केही महिनाअघि सातदोबाटोमा भएको कोरियन एम्बासडर राष्ट्रिय पुम्से प्रतियोगितामा उत्कृष्ट घोषित भएका ११ खेलाडीले नेपालबाट प्रतिस्पर्धा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्