संकटा फुटबल टोली सार्वजनिक



न्युज अफ नेपाल, काठमाडौं ।

संकटा फुटबल क्लबले आसन्न शहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि शुक्रबार २५ सदस्यीय टोली सार्वजनिक गरेको छ । क्लबले रवि सिलवालको कप्तानीमा २५ सदस्यीय टोली सार्वजनिक गरेको हो । टोलीले लिगका लागि सांगामा रहेको आफ्नै मैदानमा प्रशिक्षण गरिहरहेको छ ।

मंसिर ३ गतेबाट सुरु हुने प्रतियोगितामा संकटाले पहिलो खेल हिमालयन शेर्पासँग खेल्नेछ । एन्फाले बिहीबार एक कार्यक्रमकाबीच लिगका खेलहरु सातामा तीन दिन (शुक्रबार, शनिबार र आइतबार) मात्र खेल हुने जनाउँदै लिगको खेल तालिकामा समेत परिवर्तन हुने बताएको थियो । यसअघि कात्तिक २९ गतेबाट सुरु हुने भनिएको प्रतियोगितामा संकटाको पहिलो खेल ३० गतेका लागि तय थियो ।

त्यस्तै, क्लबले लिगका लागि यु क्यानसँग खेलकुद समाग्रीको लागि प्रायोजन सम्झौता पनि गरेको छ । कम्पनीले यस सिजन लिगका लागि संकटालाई १० लाख बराबरको खेलकुद पोसाक प्रदान गर्नेछ । शुक्रबार एक कार्यक्रमकाबीच संकटा र युक्यानबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा युक्यानका सिइओ राजेन्द्र महर्जन र क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शिख्राकारले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौता अनुसार युक्यानले संकटालाई १० लाख रुपैयाँ बराबरको किट सामग्री प्रदान गर्नेछ । यस्तै, हिमालयन बैंक लिमिटेड संकटाको सह–प्रायोजकको रुपमा जोडिएको संकटालाई बैंकले एक सिजनको लागि १० लाख रुपैयाँ उपलब्ध गराउने क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी गराए । उनले मुख्य प्रायोजकको लागि छलफल भइरहेको र एक दुई दिनमै छिनोफनो हुने समेत बताए ।

सार्वजनिक गरिएको संकटाको २५ सदस्यीय टोली

गोलकिपरः राजाबाबु थापा, रोहित कार्की, अजय महर्जन

रक्षकः अर्नेस्ट टाम्पी, रबि सिलवाल, सरोज दाहाल, जनक कोइराला, अमित तामाङ, दिपेन्द्र विक, निराज बस्नेत, रोमन लिम्बु

मिडफिल्डरः रोशन पहरी, जय गुरुङ, सुभास गुरुङ, लक्ष्मण रुचाल, फोडे फोफना, टिकाराज गुरुङ, समिर बराल

स्ट्राइकरः दिपेश आले मगर, गणेश हमाल, उत्तम राई, शिर्षक तुलाधर, यनिक

प्रशिक्षकः विष्णु गुरुङ, राजकुमार केसी

टिम व्यवस्थापकः राजेश तुलाधर

प्रतिक्रिया दिनुहोस्