ए डिभिजन लिग मंसीर ३ गतेदेखि



काठमाडौं, (नेस) ।

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आगामी मंसीर ३ गतेदेखि शुरु हुने जनाएको छ । यसअघि यही कातिक २९ गते हुने मिति तोकिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार सबै क्लबहरुसँग सरसल्लाह गरेर मिति परिवर्तन गरेको हो । पहिल्यै खेल तालिका बनेको र त्यसमा मिति मात्र परिवर्तन हुने पनि एन्फाले जनायो ।

यसपटकको लिगमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबसहित १४ टोलीको सहभागिता रहनेछन् । अन्य टोलीमा मनाङ मस्र्याङदी क्लब, थ्रीस्टार क्लब, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, फ्रेन्डस् क्लब, हिमालयन शेर्पा क्लब, न्युरोड टिम (एनआरटी), संकटा क्लब, च्यासल युथ क्लब र सातदोबाटो युवा क्लब रहेका छन् । ललितपुरको सातदोबाटो टोली गत बी डिभिजन लिगमा पहिलो भएर ए डिभिजनमा उक्लिएको हो ।

प्रतिक्रिया दिनुहोस्