न्युज अफ नेपाल, काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको छ ।
झडपकका क्रममा बार महासचिव लिलामणि पौडेलसहित ६ वकिल घाइते भएका छन् । महासचिव पौडेलसहित पूर्वउपध्यक्ष कुमार शर्मा आचार्य, बार केन्द्रीय सदस्य प्रकाश महर्जन, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण, उच्च अदालत पाटन बार सदस्य मुकुन्द भट्टराई र रक्षा बस्याल सामान्य घाइते भएको नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए ।
प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ । अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन्।











प्रतिक्रिया