ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर विस्फोट, ४ जनाको मृत्यु

188
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर पड्किएर चार जनाको मृत्यु भएको छ। सिलिन्डर पड्किएर अन्य दुई जना घाइते भएका छन्।

शुक्रवार राति भएको उक्त ग्यास सिलिन्डर विस्फोटबाट स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको मंगलबजार प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।