खेलाडी सम्मानित



काठमाडौं, (नेस) ।

लिटिल स्टार तेक्वान्दो डोजाङले बुधबार नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीद्वय आयशा शाक्य, निशा दर्नाललाई सम्मान गरेको छ ।

लिटिल स्टार तेक्वान्दोले दीक्षान्त समारोहको अवसर पारेर १३औँ दक्षिण एसियाली खेलकुदमा दुई स्वर्णपदक जित्ने आयशा र नेपाललाई अर्को स्वर्ण दिलाउने निशालाई सम्मान गरेको हो ।

सो अवसरमा विश्वको सर्वोच्च शिखर सगरमााको उत्तरी र दक्षिणी मोहडाबाट सफल आरोहण गर्ने विश्वकी पहिलो महिला पत्रकार कल्पना महर्जन र आठ वर्षकै उमेरमा ब्लाक बेल्ट हासिल गर्ने दिग्विजय महर्जनलाई पनि सम्मान गरियो ।

दिग्विजय विश्व कीर्तिमानी आरोही पत्रकार सम्मानित कल्पनाका छोरा हुन् । उनलाई सबभन्दा कान्छो उमेरका तेक्वान्दो ब्ल्याकबेल्टधारी भएको दाबी पनि गरेको छ ।

सो कार्यक्रममा लिटिल स्टार तेक्वान्दो डोजाङमा ब्ल्याक बेल्टमा दीक्षित भएका २५ जना तेक्वान्दो खेलाडीलाई प्रमाणपत्र वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्