नेपाली युवालाई हातमा लाग्यो शून्य



नेपाल समाचारपत्र, काठमाडौं ।

ताजिकिस्तानमा भएको एएफसी यू–२३ एसियन कप क्वालिफायर प्रतियोगितामा नेपाली युवा टोलीलाई शून्य हात लागेको छ । बालगोपाल महर्जनको नेतृत्वमा रहेको नेपालले तीनै खेलमा हार बेहोरेको हो । नेपालले हार मात्रै होइन गोलसमेत गर्न सकेन ।

समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा इरानसँग ४–० को फराकिलो हार व्यहोर्दा नै प्रतियोगिता खराब हुने संकेत गरेको थियो । दोस्रो खेलमा आयोजक राष्ट्र ताजिकिस्तानले नेपाललाई ६–० को फराकिलो हार आत्मसात गरायो । त्यसपछि समूहको अन्तिम खेलमा नेपालले लेबनानसँग पनि ४–० को फराकिलो हार बेहोर्‍यो । नेपालले कुल १४ गोल खाँदा विपक्षीको जालीमा एक गोल पनि गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्