कैलपाल फाइनलमा



विनोद सिंह विष्ट, बैतडी ।

कैलपाल क्रिकेट क्लब, दोस्रो संस्करणको पन्ज्युनयाँ टी–२० क्रिकेट कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको सेमिफाइनल खेलमा कैलपालले जागृति युवा क्लब, सर्मोलीलाई ४ विकेटले स्तब्ध पारेको हो । सर्मोलीले दिएको ९६ रनको सामान्य लक्ष्य कैलपालले १४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । जसमा प्रदीप चन्द र राजु भाटले १८/१८ र महेश चन्दले १३ रनको योगदान गरे । सर्मोलीका तिलक कार्कीले २ विकेट लिए ।

त्यसअघि, पन्ज्युनयाँ खेल मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको सर्मोलीले १७ दशमलव ४ ओभरमा अलआउट हुँदै ९५ रन मात्रै बनाउन सक्यो । टोलीका लागि लोकेन्द्र कार्कीले ३४ र तिलक कार्कीले २६ रन जोडे । फाइनलको यात्रा तय गरेको कैलपालले उपाधिका लागि आज आयोजक शुसितम युवा क्लबसँग खेल्नेछ । प्रतियोगिताको विजेताले ७७ हजार ७ सय ७७ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्