चट्टान बने हेभी वेट च्याम्पियन



नेपाल समाचारपत्र, दोलखा ।

पहिलो हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको हेभी वेटतर्फको उपाधि चट्टानले जितेका छन् । दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा नुवाकोटे टाइगरलाई हराउँदै चट्टान च्याम्पियन बनेका हुन् ।

आरडब्लूको हेभी वेटको नयाँ च्याम्पियन बनेका चट्टानले आरडब्लू बेल्ट प्राप्त गरे । बेल्ट सहित उनले १ लाख ५० हजार रुपैयाँ सहित हात पारे । प्रदेश खेलकुद विकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रुपमा पहिलो पटक हाइ अल्टिच्युड रेस्लिङको आयोजना गरेका हुन् । खेलसँगै जिल्लाको पर्यटकीय प्रवद्र्धन गर्ने उद्धेश्यले रेस्लिङको आयोजना गरिएको थियो ।

प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सीजे वल्र्डले जिते । उनले उपाधि सहित ५० हजार रुपैयाँ प्राप्त गरे । ट्याग टिम म्याचमा थगु र एक्स–हिरो संयुक्त रुपमा विजेता बने । उपाधि सहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे । लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बने । साइनलाई हराउँदै उपाधि जितेका डेभिडले ५० हजार रुपैयाँ प्राप्त गरे । ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभ बने । उनले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे । रोयल ब्याटल म्याचमा साइन विजेता बने । उनले ४५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्