आफ्नै भवनमा वडा कार्यालय



पनौती, काभ्रे ।

अब पनौती नगरपालिका वडा नं ४ ले आफनै सुविधा सम्पन्न नव निर्मित भवनबाट सेवा प्रवाह गर्ने भएको छ । वडा कार्यालयको नवनिर्मित भवनको वुधवार पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने र उपप्रमुख गिता वञ्जाराले सयुक्त रुपमा शिल्यान्यास गरि सेवा सुचारु गरिएको छ । शहरी विकासको चर्को चपेटामा परेको वडा कार्यालय यस अघि दुई कोठामा खुम्चिएको थियो ।

चार करोड ४२ लाख रुपैयाको लागतमा निर्माण गरिएको नवनिर्मित भवनमा १ सय ५० जना क्षमताको हल सहित २१ कोठा रहेको छ । वडा बाट सेवा प्रवाह हुने सबै सेवाको लागि प्रयाप्त ठाउ रहेको यो भवनमा सबै वडाबासि सहज तरिकाले आउजाउ गर्न सजिलो हुने गरि सडकको स्तरोन्नती गर्न पनि वडा कार्यालयले चासो देखाएको छ । वडा कार्यालयको शिल्यान्यास गर्दै नगर प्रमुख न्यौपानेले वडा कार्यालयबाट छिटो छरिटो र गुणस्तरीय कार्यसम्पादन भए जनप्रतिनिधिमाथिको विश्वास अझ बढ्ने बताउनु भएको छ ।

नगरपालिका भित्रको सबै वडा कार्यालय सुविधा सम्पन्न बनाइदै लगिने भन्दै नगरप्रमुख न्यौपाने भन्नुहुन्छ– अब वडा कार्यालय सम्म आउने जाने सबै क्षेत्रको बाटो प्राथमिकताका आधारमा मर्मत सम्भार र स्तरोन्नती हुन्छ । पनौती नगरपालिका अन्तर्गत वडा नं ३ मा पनि नया भवनबाट कार्यालय सञ्चालन भएको छ । नगरपालिकाको वडा नं १ को कार्यालय मर्मत संभार गर्नुपर्ने छ भने वडा नं २ को कार्यालय पनि कार्यसम्पादनको लागि प्रयाप्त छैन । पनौती नगर मध्य सबैभन्दा अप्ठेरो अवस्थामा वडा नं ५ को कार्यालय रहेको छ । यहा पनि नया भवन बनाउनु पर्नेछ ।नगरपालिकाले जनाए अनुसार वडा नं ६ को कार्यालय साघुरो भएकोले कार्यालयको लागि ठाउ थप गर्नुपर्ने छ भने वडा नम्बर ८ को कार्यालय अहिले सम्म साघुरो वा अप्ठेरो छैन ।

 

वडा नम्बर ९ को लागि नया भवन बनाउन जग्गा खरिद गरिसकिएको छ भने वडा नं १० को कार्यालयको लागि अहिले केहि विकल्प खोज्नु पर्ने अवस्था छैन । वडा नं ११ मा स्वास्थ्य र वडा एउटै भवनबाट संञ्चालन भएकोले स्वास्थ्य र वडा कार्यालय छुट्टाछुट्टै भवनमा सार्नुपर्ने देखिन्छ भने वडा नम्बर १२ मुख्य सडकमा साघुरो भएकोले सेवा प्रवाहमा केहि समस्या देखिएको छ ।वडा नम्बर ४ अत्यन्तै साघुरो दुईवटा कोठामा सञ्चालन भएकोले यसको लागि सुविधा सम्पन्न भवन आवश्यक्ता रहेको थियो भन्दै उपप्रमुख बञ्जारा भन्नुहुन्छ– अव वडा कार्यालय सम्म आउने जाने सडकको स्तरोन्नतीका लागि नगरपालिकाले प्राथमिकताका साथ काम अघि बढाउने छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार वडा नं ४ को नयाँ भवन निर्माणको लागि कुल लागत अनुमान ४ करोड ६९ लाख ७४ हजार ३ सय ७१ रुपैया गरिएको थियो । ठेक्का सम्झौता ४ करोड ४२ लाख ५८ हजार ५ सय ४३ मा भएको भन्दै उहाले अन्तिम विल भुक्तानी ४ करोड ४१ लाख ६९ हजार ८ सय ५३ भएको बताउनु भएको छ । निर्माण व्यवसायीले कोरना महामारी लगाएत विवित कारण देखाएर एकवर्ष ढिलो गरि गत वैशाख २० गते निर्माण सम्पन्न गरेको थियो ।

वडा कार्यालय नया भवनमा सरेसंगै ज्यालापाटी बाट वडा कार्यालय हुदै डिहिगाउ सम्म आउने बाटो ढलान गर्न ५० लाख रुपैया वजे विनियोजन भैसकेको छ । वडा नं ४ पनौती नगरपालिकाको राजधानीको रुपमा पनि विकास भैरहेकोले यस वडाको समग्र विकासको लागि ध्यान पु¥याउने वडा अध्यक्ष वुद्धसिंह थापा बताउनुहुन्छ । पनौती नगरपालिका वडा नम्बर ४ का सचिव राजकुमार श्रेष्ठले जानकारी दिए अनुसार नगरको राजधानी समेत परेकोले यस वडामा नगरपालिकाले समेत प्राथमिकताका साथ विकास वजेट राखेको छ ।

प्रतिक्रिया दिनुहोस्