काठमाडौं पुग्यो मकवानपुरे महिला टोली



हेटौंडा, (नेस) ।

मकवानपुरको महिला फुटबल टोली काठमाडौंमा जारी उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनोट प्रतियोगितामा खेल्न काठमाडौं पुगेको छ । कप खेल्न काठमाडौं हिँडेको खेलाडी, प्रशिक्षक तथा पदाधिकारीसहितको टोलीलाई हेटौंडा उपमहानगरपालिकाले बिदाइ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका उमेयर मीनाकुमारी लामा, खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिका अध्यक्ष चन्द्र शाहीलगायतले शुभकामना व्यक्त गर्दै बिदाइ गरेका हुन् । मकवानपुरे टोलीको गोलरक्षक सोनु मैनाली र समिना स्याङ्तान छन् । डिफेन्डरमा एलिना मगर, दीक्षा मोक्तान, मनीषा माया जिम्बा, सावित्री प्रजा, अञ्जु गोले र पूर्णिमा थोकर छन् ।

मिडफिल्डमा बिना डिम्डुङ, सावित्री श्रेष्ठ, वसन्तीमाया दोङ, प्रमिला लामिछाने, पूजा मोक्तान, लक्ष्मी गोले र रिना पाख्रिन खेल्नेछन् । सञ्जिता भोम्जन, धनमाया थिङ र सुजिता भोम्जनले फरवार्ड लाइन सम्हाल्नेछन् । प्रशिक्षकमा भीम लामा र पदाधिकारीमा विमल श्रेष्ठ (टोनी) छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेपछि मकवानपुर फुटबल संघले हेटौंडा उपमहानगरपालिका वडा–१० स्थित वनविज्ञान अध्ययन संस्थान (फरेस्ट्री) खेलमैदानमा केही दिनको प्रशिक्षणपश्चात् १८ सदस्यीय खेलाडी छनोट गरेको थियो । जसमा ११ जना प्रत्यक्ष र ७ जना वैकल्पिक खेलाडी छनोट भएका छन् । प्रशिक्षणमा जिल्लाभरका ३० भन्दा बढी खेलाडीको सहभागिता थियो ।

उपमेयर कपमा समूह ‘एफ’ मा रहेको हेटौंडा उपमहानगरले पहिलो खेल आज बुधबार गैंडाकोट नगरपालिकास“ग खेल्नेछ । दोस्रो खेल १२ कात्तिकमा तुलसीपुर नगरपालिकास“ग खेल्ने कार्यतालिका छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । छनोटको फाइनल पुग्ने टोलीले महिला राष्ट्रिय लिगमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्