७७६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाकाे मृत्यु



न्युज अफ नेपाल, काठमाडौ‌ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार २८४ जनाको पीसीआर परीक्षणमा ६७३ र २ हजार ५८० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५०१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्