सुर्खेतमा बम विस्फोट हुँदा २ जना घाइते



सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका-७, स्थित कट्कुवा सामुदायिक वनमा आज बिहान बम विस्फोट भएको छ ।विस्फोटमा परी दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका-६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रवक्ता घर्तीका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्