कारखानामा आगलागी हुँदा १५ जनाको मृत्यु



एजेन्सी ।

रुसको रियाजान क्षेत्रको एक कारखानामा बम विष्फोटपछिको आगलागीमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

टस समाचार एजेन्सीका अनुसार घटनाको समयमा उक्त कारखानामा १७ जना कामदारहरू थिए । औद्योगिक विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा १५ जानाको शव भेटिएको छ।

विष्फोटन पश्चात् १६० वर्ग किलोमीटर क्षेत्रमा लागेको आगो निभाइएको छ । विष्फोटनमा कार्यशाला भवन पूर्णरुपमा ध्वस्त भएको छ । घटनाको कारण अझै पत्ता लागेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्