स्रोत नखुलेको ८० लाख नगदसहित एक जना पक्राउ



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली मनोहरास्थित वीपी बाल आखाँ, कान, नाक अस्पताल नजिकबाट प्रहरीले स्रोत नखुलेको ८० लाख रुपैंयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।

बुधवार राती पक्राउ पर्नेमा बाग्लुङ गलकोट नगरपालिका–१० पाण्डवखानी स्थाई घर भई हाल काठमाडौ‌ महानगरपालिका–३२ कोटेश्वर बस्ने ३६ वर्षिय चित्र बहादुर पुन रहेका छन् ।विशेष सूचनाको आधारमा सुरक्षा जाँचका क्रममा पुनलाई बा ४९ प ८५६५ नं. को स्कुटरको डिकी भित्र नगद ३० लाख रुपैंयाँ लुकाई छिपाई बोकी हिँडीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अनुसन्धानका क्रममा पुनले आफ्नो कोठामा थप ५० लाख नगद लुकाई राखेको भन्ने खुल्न आएपछि प्रहरीले पुनको कोटेश्वरस्थित कोठामा छापामारी थप रु ५० लाख बरामद गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।पुनलाई बरामद भएको नगद र स्कुटरसहित थप अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पठाईएको प्रहरीले जनाएको छ ।अनुसन्धानका क्रममा पुनले गैरकानुनी कारोवार गर्ने गरेको खुल्न आएको सुचना अधिकारी गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्