बाढिपहिरो पिडितलाई सरकारले उचित व्यवस्था गर्छ : प्रधानमन्त्री देउवा (फोटोसहित)



ललित सिंह बझाङ  । 

जिल्लामा असोज ३१ गते देखि कार्तिक द्द गते सम्म लगातार आएको अविरल बर्षाका कारण  बाढीपहिरोले पुर्याएको क्षति बारे निरीक्षण गर्नु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोले पुयाएको क्षतिको निरीक्षण गर्न आज  बझाङ आएर बझाङ को जिल्ला भर भएको धनजनको क्षति वारे जानकारी लिई पिडितहरूलाई सरकारले उचित व्यवस्थापन गर्ने बताउनु भएको छ । लगातारको बर्षाका कारण बझाङमा ठुलो मानविय तथा धनजनको क्षति भयको छ ।

प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपालिका – ४ डिखला र सदरमुकाम चैनपुरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर पुन सुदुरपश्चिमका विभिन्न स्थानमा गई बाढिपहिरोको निरक्षण गर्ने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।  प्रधानमन्त्री देउवा सँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि निरक्षण कार्यक्रममा सहभागी  रहेका थिए  ।

प्रधानमन्त्री देउवाले बझाङको बाढीपहिरो प्रभावित क्षेत्र थलारा गाँउपालिकाको डिखला र सदरमुकाम चैनपुरको निरीक्षण गरेर पिडीतपरिवारहरूलाई सरकारले उचित क्षतिपूर्ति दिने बताउनु भएको छ ।  प्रधानमन्त्री सेर वहादुर देउवा बझाङको पानकोट आर्मी ब्यारेकमा जिल्लामा भएको क्षति बारे बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीबाट विस्तृत जानकारी लिई जिल्ला भरी भएको मानवीय क्षति दुस्ख दायि भएको र पिडामा रहेका सम्पूर्ण परिवारहरूलाई उचित ब्यावस्था गर्न सरकार एक कदम पनि पछाडि नहट्ने बताउनु भएको छ । अविरल बर्षाका कारण  बाटो घाटो र संचारसेवा राम्रो नहुँदा अझै जिल्ला भरीको जानकारी आउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्