प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा सुदूरपश्चिम प्रस्थान



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको निरीक्षणका लागि सुदूरपश्चिम प्रदेश प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर सहभागी छन् । टोली आज विहान काठमाडौंबाट सुर्खेत प्रस्थान गरेको हो । सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भमा प्रधानमन्त्रीले बिफ्रिङ लिने छन् ।

देउवाले बिहीबार दिनभर सुर्खेत, बझाङ, बैतडी, डडेलधुरा, कञ्चनपुर र धनगढीका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन तथा क्षतिको विवरण बुझेर शुक्रबार काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्