इलाममा पहिरोमा परी १२ जनाको मृत्यु



न्युज अफ नेपाल, इलाम ।

अविरल वर्षा कारणले पहिरोमा परी इलाममा १२ जनाको मृत्यु भएको छ ।  फाकफोकथुम गाउँपालिकामा पहिरोले पुरिँदा एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको  हाे  ।

घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ८० वर्षीय रनदत्ता थापा, १६ वर्षीय निशान कटुवाल र १३ वर्षीय निश्चत कटुवालको ज्यान गएको हो । ३ जनाको शव निकालिसकिएको र नैनसिंहको शव निकाल्ने काम भइरहेको लामिछानेले जानकारी दिए ।

२ तले घरको भुईंतलामा सुतेका उनीहरुलाई पहिरोले पुरेको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कुटुवाल भने बच्न सफल भएका छन् । त्यस्तै सूर्योदय नगरपालिकामा ३, माई नगरपालिकामा १ र माङसेवुङ गाउँपालिकामा २ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाममा ३ जना बेपत्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्