खोलाले बगाउँदा सिन्धुलीमा एक युवतीको मृत्यु



बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीको फिक्कल गाउँपालिका ४ की एक युवतीलाई खोलाले बगाएर मृत्यु भएको छ । निरन्तर परेको बर्षाका कारण आएको बाढीले फिक्कल गाउँपालिका ४ की २२ बर्षिया युवती सबिता भुजेलको मृत्यु भएको हो ।

फिक्कल गाउँपालिका ५ जाङ्जाङ स्थित मामाघरमा दशैंको टिका लगाएर घर फर्कने क्रममा चाल्नेखोलामा आएको बाढीले बगाउदाँ भुजेलको मृत्यु भएको फिक्कल गाउँपालिका वडानं ५ का वडाअध्यक्ष तथा फिक्कल गाउँपालिकाका प्रवक्ता राजु लामाले जानकारी दिनुभयो । मृतक भुजेलको शव खोलाले बगाएको ठाउँबाट करिव ३ किलो मिटर तल भेटिएको वडाअध्यक्ष बरालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्