इंग्ल्यान्डले समर्थकबिना खेल्नुपर्ने



लन्डन, (एजेन्सी)

युरो २०२० को फाइनलको दौरान वेम्बली स्टेडियमा भएको हिंसाको सजायस्वरुप इंग्ल्यान्डले आफ्नो एक खेल दर्शनबिना खेल्नुपर्ने भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफको कारबाहीमा परेपछि इंग्ल्यान्डले युरोपियन प्रतियोगिताको एक खेल दर्शकबिना खेल्नु पर्ने भएको हो ।

त्यस्तै, इंग्ल्यान्ड फुटबल संघलाई १ लाख युरो जरिवाना समेत गरिएको छ । इंग्ल्यान्ड एफएले निर्णयबाट दुखी भएपनि यूईएफएको निर्णय स्वीकार्ने जनाएको छ । गत जुलाई ११ तारिखमा वेम्बलीमा भएको युरोको फाइनल खेलमा इंग्ल्यान्ड इटालीसँग पेनाल्टीमा पराजित भएपछि समर्थकहरु र सुरक्षाकर्मीबीच झडप भएको थियो ।

त्यस्तै, सयौं समर्थकहरु वेम्बलीमा बिना टिकट प्रवेश गरे र खेलाडीको परिवारको लागि सुरक्षित गरिएको स्थानमा गएर बसेका थिए । सो घटनालाई लिएर प्रहरीले ५१ जनालाई पक्राउ गरेको थियो ।

इंग्ल्यान्डका समर्थकले इटालीको राष्ट्रिय धुनलाई समेत गिज्याएका थिए । जुलाईमै इंग्ल्यान्डले डेनमार्कविरुद्धको सेमिफाइनल खेल जित्दा भिडभाडको समस्या भएको भन्दै इंग्ल्यान्डलाई २५ हजार पाउण्ड जरिवाना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्