सरकारसँग सहमतिपछि रुबी खानले अनशन तोडिन्


काठमाडौं ।

सरकारसँग सहमति भएपछि रुबी खानले अनशन तोडेकी छन् । बाँकेका नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीको बेपत्ता प्रकरणमा न्याय माग गर्दै काठमाडौँ आएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

अदालतको आदेशमा रिहा भएपछि उनी अनशन बसेकी थिइन् । गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने लिखित सहमित भएको छ।

७ दिनभित्र प्रतिवेदन बुझाउने गरी समितिले अख्तियारी पाएको छ। उनले दोषी देखिएकालाई कारबाहीको माग गरेकी छन् । बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि ११ महिलासहित १४ जना २० दिन हिँडेर काठमाडौँ आएका थिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।