जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री बेलायत जाँदै



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ । द्विपक्षीय भ्रमण नभई राष्ट्र संघीय कार्यक्रममा भाग लिन उनी बेलायत जाने निश्चित भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्कटल्याण्डको ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वर्ल्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । वर्ल्ड लिडर समिट नोभेम्बर १–२ मा हुनेछ ।

 नेपालका प्रधानमन्त्रीले पहिलो द्विपक्षीय भ्रमण भारतमा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्