कोरोनाबाट सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष महर्जनको निधन



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्ष रमेश महर्जनको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणका कारण उनको उपचारका क्रममा सोमबार ललितपुरको भैसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

कोभिड संक्रमणका कारण स्वास्थ्य अवस्था खराब भएपछि सोमबार बिहान मात्र महर्जनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । १२ दिन अघि कोरोना भाइरस संक्रमण पुष्टि भएका महर्जनको एक सातायता मेडिसिटीमा उपचार भइरहेको थियो ।

अस्पताल भर्ना हुँदा महर्जनको फोक्सोको ६० प्रतिशत भाग संक्रमित रहेको उपचारमा संलग्न चिक्तिसकले जनाएका छन् । उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्