‘हेटौंडा रन’ मा मिजार प्रथम



हेटौंडा, (नेस) ।

हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको ‘हेटौंडा रन’ प्रतियोगितामा डेबिड मिजार प्रथम भएका छन् ।

बिहीबार भएको ६ किलोमिटर दौड प्रतियोगितामा हेटौंडा–१४ का मिजार प्रथम भएका हुन् । हेटौंडा–१३ को अमृत सुनार द्वितीय भए भने सोही स्थानका शशिप्रसाद विश्वकर्मा तृतीय भएका छन् ।

प्रथम भएका मिजारले १५ हजार, द्वितीय भएका सुनारले १० हजार र तृतीय हुन सफल विश्वकर्माले ७ हजार रुपिया“ प्राप्त गरे । प्रतियोगितामा ४२ जनाले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्