नेपालका लागि एक अंक पर्याप्त



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालले साफ च्याम्पियनसिपमा लगातार दुई जित हात पार्दा फाइनल सहजै पुग्ने अनुमान गरिएको छ । पहिलो खेलमा आयोजक टोली माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको हो ।

तर, तेस्रो खेलको नतिजाले भने श्रीलंकाबाहेक बाँकी चार टोली फाइनल पुग्ने प्रतिस्पर्धामा रहे । आइतबार भएको खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग १–० को हार बेहोरेपछि नै यो रोमाञ्चक समीकरण तय भएको हो ।नेपाल र माल्दिभ्ससँग ६–६ अंक रहेको छ । भारतले ५ अंक जोडेको छ भने बंगलादेशले ४ अंक जोडेको छ । बुधबार हुने खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ र भारतको सामना माल्दिभ्ससँग हुनेछ ।

नेपालले अर्को खेलको नतिजा कुर्नु अवस्था पनि छैन । भारत र माल्दिभ्सको खेलमा जे नतिजा आए पनि त्यसबाट एउटै मात्र टोली फाइनलको यात्रा गर्नेछ । यही कारणले नेपालले बंगलादेशविरुद्धको खेलमा नतिजा बराबर वा जित नै निकाल्नुपर्छ ।भारतविरुद्धको खेल पस्केमा भने नेपालको लागि साफ च्याम्पियनसिपको फाइनल पुग्ने सपना सपनामै सीमित हुनेछ ।

उक्त खेलमा एक अंकको लागि खेलेको नेपालले अन्तिमतिर गोल व्यहोरेर हार्न बाध्य भएको थियो । नेपालले बंगलादेशविरुद्ध एक अंक जोडे पनि पुग्ने भएकोले बराबरी पनि फाइनल पुग्न पर्याप्त हुनेछ । यदि हार भएमा भने नेपाल बाहिरिनेछ । नेपालको खेल बुधबार दिउँसो ४ बजेर ४५ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्