मैत्रीपूर्ण स्क्वास प्रतियोगिता सम्पन्न



न्युज अफ नेपाल, काठमाडौं ।

विश्व स्क्वास दिवसको अवसरमा नेपाल स्क्वास संघले शनिबार मैत्री स्क्वास प्रतियोगिताको आयोजना गरेको छ ।सो प्रतियोगतामा प्रेसिडेन्ट इलेभेन र जेनरल सेक्रेटर इलेभेन गरी दुई समूहमा टिमलाई वर्गीकरण गरी खेलाइएको थियो । जसअन्तर्गत भएका ११ खेलमा प्रेसिडेन्ट इलेभेनले जेनरल सेक्रेटरी इलेभेन टिमलाई ७–४ ले हरायो ।

नेपालका नम्बर दुई खेलाडी अमृत थापाले नेपालका नम्बर एक खेलाडी अरहन्त केशर सिंहलाई सोझो सेटमा २–० ले पराजित गरे भने महिलातर्फ पनि शीर्ष दुई वरीयताका खेलाडीबीच भएको भिडन्तमा वृषा थापाले भावना सुनुवारलाई २–० ले नै हराए ।

नेपाल स्क्वास संघका अध्यक्ष किशोर महर्जनले विश्व स्क्वास दिवस अक्टोबर ९ का दिन नेपालले पनि विभिन्न कार्यक्रम गरी वर्षेनी स्क्वास डे मनाउँदै आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्