अनिल स्वस्तिश्री गुरुकुल स्कुलका ब्रान्ड एम्बेसडर



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली पुरुष राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङ स्वस्तिश्री गुरुकुल स्कुलको ब्रान्ड एम्बेसडर बनेका छन् ।

अनिलले बुधबार सानो भर्‍याङस्थित स्वस्तिश्री गुरुकुल स्कुलसँग ब्रान्ड एम्बासडरको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । गुरुकुलको तर्फबाट प्रबन्ध निर्देशक मीना महर्जन चित्रकारले सम्झौता पत्रमा हस्ताक्षर गरिन् । नेपाली फुटबलमा निकै ख्याति कमाएका अनिल हाल ‘ए’ डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग आबद्ध छन् । उनले अन्तर्राष्ट्रिय फुटबलबाट भने संन्यास लिइसकेका छन् ।

अनिलले सम्झौता लामो समयसम्मै रहने बताए । उनले नेपाल समाचारपत्रलाई बताए—‘यो लामो समयका लागि सम्झौता भएको हो । अहिले मैले महिनाको दुईपटक स्कुल भिजिट गर्नुपर्छ । स्कुलमा गुरुकुल स्पोर्टस् एकेडेमी पनि चाँडै खुल्दैछ । सायद, तिहारपछि नै यसको काम हुनेछ । यस्तै, सात महिनापछि फ्रान्समा जाने यु–१८ फुटबल टिम पनि तयार गर्नुछ ।’

प्रतिक्रिया दिनुहोस्