यू–१३ युथ फुटबल एकेडेमीको उदघाटन



नेपाल समाचारपत्र, काठमाडौं ।  

यू–१३ युथ फुटबल एकेडेमीको मंगलबार एक कार्यक्रमबीच प्रधान सेनापति महारथी प्रभुराम शर्माद्वारा जंगी अड्डामा उद्घाटन गरेका छन् ।
नेपाली सेना त्रिभुवन आर्मी अफिसर्स क्लब, अखिल नेपाल फुटबल संघ र सैनिक आवासीय महाविद्यालय, भक्तपुरबीच भएको त्रिपक्षीय सम्झौतामा सैनिक आवासीय महाविद्यालय, भक्तपुरमा स्थापना गरिएको हो ।

उक्त अवसरमा प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाले आफ्नो तर्फबाट राष्ट्रिय खेलकुदको उत्थानमा सदैव सक्दो सहयोग गरी आएको र यसै क्रममा फुटबलको क्षेत्रमा पनि यस्तो सहयोग निरन्तर रहने बताउँदै सहयोग र सहकार्यका लागि सबैलाई धन्यवाद दिएका थिए ।

सोही अवसरमा अखिल नेपाल फुटबल संघद्वारा उपलब्ध गराइएको खेल सामग्रीहरू युथ खेलाडीहरूलाई वितरण गरिएको थियो भने युथ खेलाडीहरूले फुटबल खेलसमेत प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्