आफ्नै श्रीमतीलाई भारतको बेश्यालयमा बेच्ने श्रीमान पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

आफ्नै श्रीमतीलाई भारतको बेश्यालयमा बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबरमहल बस्ने वर्ष ३४ का श्याम तामाङ (नाम परिवर्तन) रहेका छन् । प्रेम विवाह गरेका उनले आफ्नै श्रीमती गीता तामाङ (नाम परिवर्तन) लाई २०७१ सालमा एक लाख साठी हजार रुपैयाँमा बेचेको अनुसन्धानबाट खुलेको छ ।

श्यामले पासाङ तामाङ् नाम गरेका एक व्यक्तिसँग रकम लिई गीताको जिम्मा दिएका थिए । त्यस्तै, पासाङले गीतालाई काम लगाई दिन्छु भनि बालाजुको होटलमा लगि एक महिलाको जिम्मा लगाएका थिए । ती महिलाले पिडितलाई मासिक दस हजार दिन्छु भनि कोठमा लगेर भिनाजु पर्ने अर्का व्यक्तिलाई जिम्मा लगाएको प्रहरीले बताएको छ । ती व्यक्तिले गीतालार्य सुनौली नाका हुँदै ट्रेनमा राखी भारतको नयाँदिल्ली स्थित म्हेण्डो तामाङको घरमा पुर्याएको र म्हेण्डो तामाङले ३ दिन सम्म आफ्नो घरमा राखि अर्का एक व्यक्तिको जिम्मा लगाएका थिए । ती व्यक्तिले गीतालाई आग्रामा रहेको बेश्यालयमा ८ महिना सम्म जबरजस्ती बेश्याबृत्तिमा लगाएका थिए ।

त्यसको केही समयमा दाई लिन आएको भनि म्हेण्डो तामाङले गीतालाई आफ्नै घरमा ल्याई बेश्याबृत्तिमा लगाउँदै गर्दा नेपाली राजदुतावास र शक्ती समुहको सहयोगमा गीताको उद्दार गरिएको थियो । नेपाल फर्किएसँगै गीताले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुर मुद्दामा जाहेरी दरखास्त दिएकी छन् ।

प्रहरीले गीताका श्रीमानसहित पासाङ तामाङलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका उनीहरुलाई काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले बताएको छ । यस्तै, फरार अन्यको खोजी कार्य तीव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्