भारतीय वैज्ञानिकहरूद्वारा हाइड्रोजन बनाउन अणुशक्ति उत्पादन यन्त्रको विकास



इन्डिया न्युज नेटवर्क ।

भारतीय वैज्ञानिकहरूको एक टोलीले पहिलोपटक ठूलो मात्रामा अणुशक्ति उत्पादन यन्त्रको विकास गरेका छन् । यस यन्त्रले सूर्यको प्रकाश र पानी जस्ता दिगो स्रोतहरूको उपयोग गरी पर्याप्त मात्रामा हाइड्रोजन उत्पादन गर्न सक्दछ ।

यस यन्त्रले ८ घण्टामा ६ दशमलव १ लिटर हाइड्रोजन उत्पादन गर्न सक्दछ । यसकारण यो प्रक्रिया निकै लागत प्रभावी र दिगो प्रक्रिया हो ।

नैनो विज्ञान र प्रविधि संस्थान (आईएनएसटी), मोहालीका टोलीले यसको विकास गरेका हुन् । यस यन्त्रबाट उत्पादित हाइड्रोजनद्वारा दुर्गम आदिवासी क्षेत्रमा इन्धन कोसिकाको प्रयोग गरी बिजुली उत्पादन गर्न सकिनेछ ।

अन्ततः यसले ट्रान्सफर्मर र विद्युतीय सवारी साधनलाई आवश्यक ऊर्जा पनि प्रदान गर्न सक्दछ । विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यस दिशातर्फ दीर्घकालीन अनुसन्धान गरिनेछ ।

कमलाकन्नन कैलासमको नेतृत्वमा रहेको टोलीमा अशोक के गंगुली, विवेक बाग्ची, सन्यासिनाडू बोड्डू, प्रकाश पी एन र मेनका झा सामेल छन् ।वैज्ञानिकहरूले यस प्रयोजनका लागि पृथ्वीमा प्रचुर मात्रामा पाइने कार्बन नाइट्राइड नामक रसायनको प्रयोग गरेका छन् ।

मन्त्रालयका अनुसार यसभन्दा अघि पनि थुप्रै अनुसन्धानकर्ताहरूले जटिल धातु अक्साइड/नाइट्राइड/सल्फाइडको प्रयोग गरी यस यन्त्रको विकास गर्ने प्रयास गरेका थिए । तर, सो प्रयोगबाट धेरै मात्रामा हाइड्रोजन पुनः उत्पादन गर्न धेरै गाह्रो भएको थियो ।

आईएनएसटी टोलीले कम लागत पर्ने कार्बन नाइट्राइड प्रयोग गरी यस प्रक्रियाको सफलतापूर्वक सञ्चालन गरेका थिए । यो रसायन युरिया र मेलामाइनजस्तै सहज रूपमा पाइन्छ । सूर्यको प्रकाश यस यन्त्रमा पर्दा इलेक्ट्रोन, र प्वाल उत्पन्न हुन्छन् ।

इलेक्ट्रोनलाई परिवर्तन गरी हाइड्रोजन उत्पादन गरिन्छ । केही रसायनले प्वाललाई भर्ने काम गर्दछ । यदि प्वाल बन्द नगरिए तिनीहरू इलेक्ट्रोनसँग पुनः संयोजन हुनेछन् ।

डीएसटी नानो मिसन एनएचटीपीले यस परियोजनालाई समर्थन प्रदान गरेको छ । यससम्बन्धी एक लेख ‘क्लिनर उत्पादनको जर्नल’ मा भर्खरै प्रकाशित गरिएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यस प्रविधिको आधिकारिक हकका लागि प्रक्रिया शुरू गरिएको छ ।आईएनएसटी टोली यस प्रक्रियामा केही समयदेखि काम गरिरहेका थिए ।

टोलीका नेतृत्व कमलाकन्ननले भनेका छन् – ‘ऊर्जा संकट र जलवायु परिवर्तन संकटले हामीलाई यस क्षेत्रतर्फ काम गर्न प्रेरित गर्यो ।

कार्बन नाइट्राइडमा विभिन्न जैविक समूहहरूको स्थिरता र रासायनिक विशेषताका कारण हाइड्रोजन उत्पादन गर्न सकिने र यो निकै लागत प्रभावी जैविक रसायन भएकोले हामीले यसतर्फ आफ्नो ध्यान केन्द्रित गरेका हौं ।’

आईएनएसटीका टोलीले लेब स्केल प्रक्रियाबाट एक ठूलो प्रोटोटाइप यन्त्रको निर्माण गरी हाइड्रोजन उत्पादन शुरू गरेका हुन् । सो यन्त्रको क्षेत्रफल १ वर्गमिटर रहेको छ ।

यसमा केही प्यानल जडान गरिएका छन्, जसमा पानीको प्रवाह बनाइएको छ । सूर्यको प्राकृतिक किरण विकिरण पर्दा हाइड्रोजन उत्पादन हुन्छ र ग्याँस क्रोमैटोग्राफीको माध्यमबाट मात्रा निर्धारण गरिन्छ ।

टोली सूर्यको प्रकाश उपलब्धता अनुसार हाइड्रोजन उत्पादन अनुकूलन गर्ने प्रक्रियामा छ । विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार टोली हाल शुद्ध हाइड्रोजन, नमी जाल, र ग्यास अलग गर्ने झिल्ली निर्माण गर्न लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्