काबुलको मस्जिद बाहिर विष्फोट केहीको मृत्यु, थुप्रै घाइते



काबुल ।

अफगानिस्तानको राजधानी काबुलको एउटा ठूलो मस्जिद बाहिर आइतबार भीडको बीचमा भएको विष्फोटमा कैयौँ नागरिक मारिए वा घाइतेमात्र भएका छन् यकिन हुन नसकेको तालिबान प्रवक्ताले बताएका छन् ।

“आज दिउँसो ईदगाह ग्रेट मस्जिदको गेट नजिकै भएको विष्फोटनमा आम नागरिकको मृत्यु भएको छ, जुन दुर्भाग्यपूर्ण छ,” तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाले ट्विटरमा लेखेका छन् ।

“हामीले ईदगाह ग्रेट मस्जिद बाहिर स्थानीय समयअनुसार दिउँसो ३ः३० बजे ठूलो विष्फोटको आवाज सुनेका थियौँ । अहिले यो ठाँउ पूरै सिल गरिएको छ,” एक प्रत्यक्षदर्शीले सिन्ह्वालाई बताए ।

उनका अनुसार तालिबान नेताको मृत परिवारको सदस्यका लागि प्रार्थना समारोह चलिरहेको बेला उक्त विष्फोट भएको थियो । अहिले तालिबान सुरक्षा बलले सतर्कता अपनाउनका लागि उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ । घाइतेहरूलाई एम्बुलेन्स र अन्य सवारी साधनबाट नजिकैको अस्पतालमा पु¥याइएको छ । अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी भने लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्