इपीएलमा काठमाडौको बिजयी शुरुवात



काठमाडौ ।

आजबाट शुरु भएको एभरेष्ट प्रिमियर लिग (इपीएल) मा काठमाडौ किग्स एलाभेनले विजयी सुरुवात गरेको छ। काठमाडौले ललितपुरलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । ललितपुर प्याट्रिएट्सले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौले १४ दशमलव २ बलमा ३ विकेटको क्षतिमा भेट्टायो।

तेस्रो विकेटका लागि ओपनर रहमुल्लाह गुरवाज र रयान वर्लले ७६ रनको साझेदारी गरेपछि काठमाडौंले जित हात पार्न सफल भयो । ओपनर रहमुल्लाह ५९ रनमा पवेलियन फर्किए । ३६ बलको सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

यस्तै उसका सुवास खकुरेल शुन्य र अमित श्रेष्ठ ४ रनमा रन आउट भए। रयान वर्ल ७३ र राजु रिजाल १९ रनमा नटआउट रहे।
आक्रमक ब्याटिङ गरेका रयानले ३४ बलमा ७ छक्का र ३ चौका प्रहार गरे । राजुले २ छक्का प्रहार गरे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौले टस हारेर ब्याटिङको निम्तो भएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनायो।

पवनको अर्धशतक
ललितपुरका मध्यक्रमका ब्याट्सम्यान पवन सर्राफले यो सिजनको इपीएलमा पहिलो अर्धशतक पुरा गरेका छन्। पवनले ४० बलमा अर्धशतक पुरा गरेका हुन्। पाँचौ नम्बरमा ब्याटिङमा आएका पवनले ३ छक्का र ४ चौका मद्धतमा अर्धशतक पुरा गरे।

यो सिजनमा पवनले पहिलो अर्धशतक हानेका हुन्। ४३ बलको सामना गरेका पवनले ४ छक्का र ५ चौका मद्धतमा ६१ रन जोडे।

रहमुल्लाह गुरवाजको अर्धशतक
अफगानिस्तानका ब्याट्सम्यान रहमुल्लाह गुरवाजले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा अर्धशतक प्रहार गरेका छन्। इपीएलमा अधएशतक हान्ने रहमुल्लह दोस्रो खेलाडी तथा पहिलो विदेशी खेलाडी हुन्।

ललितपुरविरुद्धको उद्घाटन खेलमा रहमुल्लाहले अर्धशतक पुरा गरे। उनले २४ बलमा ४ चौका र ४ छक्का मद्धतमा अर्धशतक पुरा गरे।

रयान वर्लको अर्धशतक
काठमाडौ किग्स एलाभेनका ब्याट्सम्यान रयान वर्लले एभरेष्ट प्रिमियर लिगमा अर्धशतक पुरा गरेका छन्। आक्रामक ब्याटिङ गरिरहेका रयानले २७ बलमा ६ छक्का र १ चौका मद्धतमा अर्धशतक पुरा गरे।

इपीएलमा अर्धशतक पुरा गर्ने रयान दोस्रो विदेशी खेलाडी हुन्। उद्घाटन खेलमा अर्धशतक हान्ने रयान तेस्रो खेलाडी हुन्।

 

प्रतिक्रिया दिनुहोस्