भारतीय प्रधानमन्त्री मोदीे अमेरिका प्रस्थान



एजेन्सी ।

प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमणका लागि बुधवार त्यसतर्फ प्रस्थान गर्नु भएको छ ।संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र क्वाड शिखर सम्मेलनमा भाग लिने उहाँको कार्यक्रम रहेको छ । साथै मोदीले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसंग पनि भेटवार्ता गर्नुहुने छ ।

आगामी सेप्टेम्बर २४ का दिन ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति बाइडेनसँग भेटवार्ता हुने समाचारमा जनाइएको छ । गत २० जनवरीमा अमेरिकी राष्ट्रपति पद बाइडेनले सम्हालेपछि यी दुई नेताबीच पहिलो पटक भौतिक रुपमा भेटवार्ता हुन लागेको भारतीय विदेश सचिव हर्षवर्धन श्रीङगलाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आतंकवादसंग लड्ने उपायहरुबारे छलफल हुने अपेक्षा गरिएको छ ।उहाँहरुबीच रक्षा, व्यापार सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई दुई देशबीचमा अझै बलियो बनाउने बारेमा छलफल हुने जनाइएको छ ।प्रधान मन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थिति बारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री मोदीले सेप्टेम्बर २२–२५ को अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्नु हुनेछ । प्र्रधानमन्त्री मोदी शुक्रबार अमेरिकी राष्ट्रपतिद्वारा आयोजित क्वाडको शिखर सम्मेलनमा भाग लिनु कार्यतालिका रहेको छ । यस सम्मेलनमा जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन समेत सहभागी हुनुहुने भएको छप्रधानमन्त्री मोदीले सेप्टेम्बर २५ मा न्यूयोर्कमा संयुक्त राष्ट्रसंघ महासभा ९युएनजीए० को ७६ औं सत्रको सम्बोधन गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्